डा. नेपालले अहिले वित्तीय संस्थामा आम मानिसको विश्वास रहेको बताए वित्तीय संस्थाको विश्वास गुमेमा मुलुकको वृहत्तर क्षेत्रमा धक्का पुग्ने समेत उनले बताए । डा. नेपालले भने, ‘वित्तीय संस्थामा भएको पैसा भनेको जनताको हो त्यो पैसा कुनै हालतमा मिनाहा हुँदैन ।’ लघुवित्तको पूँजी वृद्धि गर्नुको मुख्य कारण लगानी गर्ने क्षमतामा वृद्धि हुन सकोस् भन्ने रहेको उनको भनाई थियो । उनले लघुवित्त संस्थालाई सीप र जाँगर भएकालाई लगानी गरि प्रोत्साहन गर्न सुझाव दिए । उनले भने, ‘लघु वित्तको स्वीकृत मुख्य उद्देश्य जनतालाई शोषण गर्नु होइन । सहज रुपमा सेवा दिन पठाएको हौं ।’
गुराँस लघुवित्तका अध्यक्ष उदयनारायण वरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कावेली विकास वैङ्कका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रवादे श्रेष्ठ, सल्भ नेपालका अध्यक्ष नारायण जोशी गुराँस लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अंकित कुलमणि तिम्सिना , उद्योग वाणिज्य संघ धनकुटाका तारा तितुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए । धनकुटामा केन्द्रीय कार्यालय रहेको वित्तिय संस्थाको पूर्वाञ्चलका दशवटा जिल्लामा कार्यक्षेत्र रहेको छ । संस्थाले जनाएअनुसार लघुवित्तको अधिकृत पूँजी १० करोड छ । त्यस्तै जारी पूँजी २ करोड रहेको छ । यसैगरी चुक्ता पूँजी १ करोड ४० लाख रुपैया रहेको छ ।