Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकबाट ऋण लिएर धेरै घरधुरी समृद्ध भएका छन् : सन्तोष कोइराला

२०८२ पुष १८ गते

बैंकिङ खबर / नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूले गरेका राम्रा काम ओझेलमा परेको र नकारात्मक कुराले बढी प्रश्रय पाएको बताएका छन् । उनले बैंकहरू तल्लो वर्गसम्म पुगेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित रहेको पनि बताए । काठमाडोंमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ क्षेत्रमाथि आक्रमणका घटना हुने गरेको भन्दै दुख व्यक्त गरे । बैंकबाट ऋण लिएर धेरै घरधुरी समृद्ध भएको बताउँदै उनले सफल स्टोरीको चर्चा हुनुको साटो हुलदङ्गा मच्चाउनेहरूको बढी चर्चा हुने गरेको बताए ।