हाल सांग्रिलाको चुक्तापुँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६.०७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर जारी गरेपछि बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ ।
यता, गत साउनमा हकप्रद सेयर जारी गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको कसमस डेभलपमेन्ट बैंकले २३.६० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरिसकेको छ । बोनस सेयर जारी गरेपछि कसमसको चुक्तापुँजी १२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, तीन जिल्ले कार्य क्षेत्र भएको कम्युनिटीको चुक्ता पुँजी २० करोड ९५ लाख रुपैयाँ रहेको छ । दुबै बिकास बैंकलाई एक्वायर गरेपछि सांग्रिलाको चुक्तापुँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ ।
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन सांग्रिलाले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । थप पुँजीका लागि बैंकले हकप्रद सेयर र बोनस सेयरका अलावा मर्जर, एक्विजिनको विकल्प पनि खुला राखेको छ ।