Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कसमस डेभलपमेन्ट बैंकलाई खरिद गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

२०७३ पुष २० गते

सांग्रिला डेभलपमेण्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । सांग्रिलाले खरिद गर्ने भएपछि बुधबारदेखि कसमसको सेयर कारोबार स्थगित भएको छ । 

हाल सांग्रिलाको चुक्तापुँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६.०७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर जारी गरेपछि बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ ।

यता, गत साउनमा हकप्रद सेयर जारी गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको कसमस डेभलपमेन्ट बैंकले २३.६० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरिसकेको छ । बोनस सेयर जारी गरेपछि कसमसको चुक्तापुँजी १२ करोड रुपैयाँ पुग्नेछ । 

कसमसलाई खरिद गरेपछि सांग्रिलाको चुक्तापुँजी एक अर्ब ३३ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन सांग्रिलाले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । थप पुँजीका लागि बैंकले हकप्रद सेयर र बोनस सेयरका अलावा मर्जर, एक्विजिनको विकल्प पनि खुला राखेको छ ।