Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बीमा समितिका नयाँ अध्यक्षको उद्घोष : बीमाको दायरा बढाउने पहिलो प्राथमिकता

२०७३ पुष १९ गते

बीमा समितिका नव नियुक्त अध्यक्ष चिरञ्जीवि चापागाँईले मुलुकमा हाल बीमा क्षेत्रमा आबद्ध हुनेहरुको संख्या थोरै भएका कारण यसको दायरा बढाउने काम आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । मुलुकमा हाल ७ प्रतिशत मात्रै नागरिकले बीमा गर्ने गरेको विभिन्न अर्थशास्त्रीहरुको भनाई छ । यो अबस्थामा बीमा समितिको अध्यक्ष बनेका उनले देशैभर बीमा जागरण ल्याउनुपर्ने खाँचो औल्याएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले आफ्नो पहिलो प्राथमिकता बीमा बुझाउने र बीमा क्षेत्रको दायरा फराकिलो बनाउँदै आम नागरिकलाई यसको आबश्यकता र महत्व दर्शाएर देशैभरी बीमाको लहर ल्याउने रहेको बताए ।