Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माछापुछ्रे बैंकको हकप्रद भर्ने म्याद पुस २४ गतेसम्म

२०७३ पुष १६ गते

माछापुछ्रे बैंक लिमिटेडले गत मंसिर २९ गतेदेखि ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।