December 29th, 2016

छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत वोनस सेयर दिने 

छिमेक लघुवित्त विकास बैंक लि. ४० प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको १५ बार्षि साधारणसभाबाट शेयरधनीहरुलाई आ.व. २०७२/७३ को मुनाफावाट ४० प्रतिशत बोनस शेयर र १२.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरेको हो । हेटौँडाको होटल सामना प्रा.लि.मा बुधबार भएको साधारणसभामा बैंककी अध्यक्ष श्रीमती भुवनेश्वरी पन्तबाट बैंकको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाण्डौंको वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस बैंकले हाल सम्ममा ६१ जिल्लामा १२२ वटा शाखा मार्फत कुल २ लाख ९५ हजार २ सय ६८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ४७ करोड १५ लाख ५ हजार १ सय ८४ रुपैंया खुद मुनाफा गर्न सफल भएको छ । हाल बैंकको अधिकृत पूँजि १ अर्व, जारी पूँजि ५९ करोड ५७ लाख ४७ हजार ६ सय र चुक्ता पँुजि ५९ करोड ५७ लाख ४७ हजार ६ सय रहेको छ । 

सञ्चालक समिति गठन
छिमेक लघुवित्त विकास बैंक सञ्चालक समिति चयन गरेको छ । बैंकको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी श्री विश्वमित्र श्रेष्ठ र श्री कर्ण बहादुर घले निर्विरोध निर्वाचित भएको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र जोशीले जानकारी गराएका थिए ।