सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने अनुमति पाएको छ । राष्ट्र बैंकले इन्नोभेटिभ र अरनिकोलाई एक्वायर गर्न बुधबार सैद्धान्तिक सहमति दिएको हो ।
३० प्रतिशत हकप्रद सेयर जारी गरेर तीन अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको सेञ्चुरीले २९ करोड रुपैयाँ चुक्तापुँजी भएको इन्नोभेटिभ र २५ करोड ७८ लाख रुपैयाँ चुक्तापुँजी भएको अरनिकोलाई खरिद गर्न लागेको हो । सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि अरनिको र इन्नोभेटिभलाई सेञ्चुरीले किन्नेछ । यी दुई संस्था खरिद गरेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ ।