बैंकिङ खबर/ इजरायल र इरानको युद्धले दुवै देशको बैंकिङ व्यवस्था अस्तव्यस्त भएको छ । यी दुइदेशको अर्थतन्त्रमा गिरावट आउने क्रम जारी रहेको छ भने इजरायलले इरानको केंद्रिय बैंकलाई आतङ्ककारी संगठनको रूपमा घोषणा गरेपछि इरानको वित्तीय प्रणालीमा थप अस्थिरता आएको छ, जसले दुवै देशका वित्तीय संस्थाहरूमा केही कठिनाइहरू ल्याएको छ।
यो द्वन्द्वले अर्थतन्त्रमा त्यहाँको अत्यन्तै असरहरू पार्न सक्ने विश्लेषण गरिएको छ । इरानका आर्थिक प्रतिबन्धहरू अझै कडा हुने सम्भावना छ, जसले इरानका आर्थिक गतिविधिमा कमी ल्याउने देखिन्छ । यस युद्धले इजरायलमा पनि अस्थिरता बढ्न सक्छ, जसले लगानीकर्ता र व्यवसायीहरूलाई सतर्क बनाउँछ। साथै, दुवै देशका मुद्रा र वित्तीय बजारमा उतार चढाव हुन सक्ने संभावना छ।



