नेपाल स्टक एक्सचेञ्जले सेयर ब्रोकरलाई उपत्यका बाहिर पठाउन नियामक निकाय धितोपत्र बोर्डमा प्रतिवेदन पेश गरेको जानकारी दिएको छ । मंगलबार बसेको नेप्से सञ्चालक समितिको बैठकले ४१ वटा ब्रोकरलाई उपत्यकाबाहिर शाखा स्थापना गरी सेयर कारोबार गर्ने अनुमति प्रदान गर्ने प्रस्तावसहितको प्रतिवेदन पेश गरेको मंगलबार नेप्सेद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नहाल नेपालमा ५० वटा सेयर ब्रोकरहरु रहेकोमा नौ वटा ब्रोकर यसअघि नै उपत्यकाबाहिर पुगिसकेका छन् । नेप्सेका अनुसार ४१ ब्रोकर कम्पनीले देशका विभिन्न १५ स्थानमा शाखा विस्तार गर्न ब्रोकरहरु तयार रहेको प्रस्ताव पेश गरिएको छ ।
यसिबाहेक, बैंक तथा वित्तीय संस्थाहरुलाई सदस्य दलालको इजाजत प्रदान गर्ने तथा अन्य संस्थाहरुलाई पनि दलाल सदस्यता खुला गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन समेत पेश गरिएको नेप्सेले जनाएको छ ।