Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘स्टार्टअफ आइडियामा केही त नयाँ गरौं’

२०८२ असार १७ गते
अशोक बहादुर टण्डन 
 
मैले बुझेको काम गर्ने उत्साह भएका जागरुक युवालाई के गरौं  कुन आइडियामा काम गरौ भनेर आइडिया धेरै फुरेको बेलामा दोधारमा पर्ने गरिन्छ । उपयुक्त समयमा उपयुक्त स्टार्टअप आइडिया छान्नेले मात्र सफलता हासिल गर्न सकिन्छ ।
 
स्टार्टअप नयाँ नै हुनुपर्छ, कसैले नगरेको हुनुपर्छ भन्ने हुँदैन । कुनै पनि कामलाई नयाँ तरिकाले गर्न सकियो भने त्यसलाई पनि स्टार्टअप मान्न सकिन्छ । मानौँ हामीसँग कुनै एउटा त्यस्तो स्टार्टअप जसले आम जनताको समस्या पनि समाधान गर्न सक्षम छ । तर, त्यो स्टार्टअप आर्थिक रूपले औषत मानिसहरूको पहुँचभन्दा बाहिर भयो भने त्यति अर्थ भएन ।
 
यदि कुनै अर्को व्यक्तिले त्यही काम तर कम शुल्क वा भनौँ औसत नागरिकको बजेट अनुरूपको भयो भने त्यसले राम्रो बजार पाउँछ । त्यसैले नयाँ काम मात्र भनेर पनि हुँदैन । पहिले नै भएको व्यवसायलाई सबैको पहुँचसम्म पुर्‍याउन सक्ने काम कम्पनी हो । कुनै पनि स्टार्टअप सुरु गर्नु अघि त्यसमा गहन अध्ययन, खोज तथा अनुसन्धानको आवश्यकता पर्छ । त्यसैले सबैभन्दा पहिले आफूले आँटेको स्टार्टअप सुरु गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।
 
त्यसपछि त्यसमा के के चुनौती आउँछन् र त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पनि पहिले नै योजना बनाउन पर्ने हुन्छ । कुनै पनि स्टार्टअप टिकाउ राख्नका लागि त्यसमा उपयुक्त व्यापार आइडिया आवश्यक पर्छ । यो पक्षमा सबैभन्दा बढी समय दिएर काम गर्नु पर्ने हुन्छ । स्टार्टअपलाई दिगो राख्न व्यापार आइडियामा जोड दिन आवश्यक छ ।
 
यसको व्यापार परियोजनाभित्र कम्पनीको लक्ष्य, बिक्री योजना, बजार विश्लेषण र आर्थिक लागतको अनुमान समावेश गर्न सकिन्छ । आर्थिक पक्ष्यका लागि तपाईंले विभिन्न संस्थाबाट स्टार्टअप ऋण, अनुदान लिन सक्नुहुन्छ । त्यस्तै विभिन्न कम्पनी तथा व्यक्तिले स्टार्टअपमा लगानी गर्न खोजिरहेका हुन्छन् । त्यसका लागि आफू यस्ता स्टार्टअपका लागि आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ ।
 
स्टार्टअपका लागि राम्रो टिमको आवश्यकता पर्छ । आफ्नो स्तरको, आफ्नो विचार मिल्ने पार्टनर खोज्न सकियो भने सँगै स्टार्टअप अगाडि बढाउन सकिन्छ । कतिपय स्टार्टअप सक्षम टिम नहुँदा नै असफल भइरहेका उदाहरण छन् । आजको युवाले स्टार्टअफ आइडियामा केहि नयाँ त गरौं ।