२०८२ असार १० गते

नोटको जतन गरौं, झुत्रो नोटको समयमा दावी गरौंः राष्ट्र बैंक

बैंकिङ खबर/कसैसँग रहेको बैंकनोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ/सुकिलो नोट नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ मा भएको व्यवस्थाबमोजिम सट्टा भर्ना माग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस्ता चलनचल्तीमा अयोग्य भएका नोटहरूको सट्टा भर्नाको दावीका लागि नेपाल राष्ट्र बैंकमा दावी पेश गर्नुपर्नेछ ।

डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोटको सट्टा भर्ना नहुने व्यवस्था रहेको छ । आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टा भर्नाका लागि स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस आवश्यक पर्दछ ।