सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक लाख ८० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा एक करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो । आगामी चैत्रभित्र नै सेयर निष्काशन गर्ने योजना बनाएको सपोर्टले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल चार करोड रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्तापुँजी पाँच करोड ८० लाख रुपेयाँ पुग्नेछ ।
सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाउने गरी २०७२ को साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।