थुप्रै कम्पनीहरु यतिबेला हकप्रद निष्काशनको क्रममा छन् । विशेषतः बैंक तथा वित्तीय संस्थाहरुले पुँजीवृद्धिका लागि हकप्रद सेयर निष्काशनको क्रमलाई तीब्र पारेका छन् । कतिपयले हकप्रद निष्काशन गरिसकेकोछन्, कतिपयले गरिरहेका छन् भने कतिपयले हकप्रद निष्काशनको सबै तयारी पूरा गरी मिति समेत घोषणा गरिसकेका छन् । कतिपय संस्था भने धमाधम हकप्रद निष्काशनको प्रक्रियामा काम गरिरहेका छन् । कुनैले हकप्रद पारित गर्न साधारणसभा बोलाएका छन् भने कुनैले साधारणसभाबाट पारित गरी धितोपत्र बोर्डमा निवेदन दिएको अवस्था छ ।
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको चौथो साधाराणसभाले उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि संस्थाको चुक्तापुँजी आठ करोडको हाराहारीमा पुग्नेछ ।
सप्तकोसी डेभलपमेन्ट बैंक
पूर्णिमा विकास बैंक
हाम्रो विकास बैंक
मञ्जुरी फाइनान्स लिमिटेड
यती डेभलपमेन्ट बैंक