December 19th, 2016

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, हेर्नुस् बढेपछिको मूल्यसूची

02112015092013nepal-oil-corporation-1000x0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छैन । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशनद्धारा पठाइएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको छ । ९७ रुपैयाँबाट अब पेट्रोलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० बढाइएको छ । अब दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैबीच नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका सचिव आरपि लामिछानेले सार्वजनिक स्टेटमेन्ट जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए विद्यार्थी संगठन आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।