प्रभु बैंकको नयाँ शाखा मनाङको चामेमा सञ्चालनमा आएको छ । आइतबार मनाङ जिल्लाको चामे मा UK Aid “सक्षम” को सहकार्यमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका विच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले गाउँगाउँमा शाखा विस्तार गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रभु बैंकलाई धन्यवाद दिए । प्रभु बैंकले धारापानी, अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याएकोे छ । मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भए संगै त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु बैंकिङ्ग सुविधाबाट लाभान्वित भएका छन् ।