बैंकको एफपिओमा लगानीकर्ताले पुस १० गतेदेखि छिटोमा पुस १३ र ढिलोमा पुस २४ सम्म आवेदन दिनसक्ने छन् । सेयरमा न्यूनतम १० कित्ता र बढीमा ६७० कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । नेपाल एसबिआई बैंकका उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरु, काठमाडौँको नागपोखरीस्थित एनएमबि क्यापिटल लिमिटेड र हात्तिसारस्थित एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत आवेदन दिन सकिनेछ ।
३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको एफपिओ जारी गरेपछि चुक्तापाुँजी तीन अर्ब ८९ करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक, बैंकले २८ प्रतिशत बोनस समेत जारी गर्दैछ । बोनस जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।