March 27th, 2025

विद्युतीय वित्तीय ठगी : बच्ने उपायहरु

बैंकिङ खबर/ विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा आफ्नो व्यक्तिगत तथा बैंकिङ वा खातासम्बन्धी सूचना अनाधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानी हुन सक्ने भएकाले कारोबार गर्दा सावधानी अपनाउनु पर्दछ ।

विद्युतीय कारोबारहरुमा देखिने ठगीहरु सामान्यतः निम्न किसिमबाट हुने गर्दछन्ः

» सामाजिक सञ्जालमार्फत, नक्कली Website मार्फत व्यक्तिगत तथा वित्तीय सूचना माग गर्ने,

» चिट्ठा परेको, विदेशबाट सामान/पार्सल आएको मेसेज वा इमेल पठाएर रकम माग गर्ने,

» मोबाइल वा इन्टरनेट बैंकिङ वा मोबाइल वालेटको युजर नेम, पासवर्ड, खातानम्बर माग गर्ने,

» डेविट, क्रेडिट कार्डको गोप्य सूचना जस्तै पीन, कार्ड नम्बर आदि चोरी गर्ने,

» नक्कली मोबाइल एप, QR Code मार्फत रकम चोरी गर्ने,

» बैंकको कर्मचारी हुँ भनी टेलिफोनमार्फत् कारोबारको ओ टी पी माग गरी ठगी गर्ने,

» हुबहु बैंक वा वित्तीय संस्था वा अन्य वित्तीय सेवा प्रदायकको जस्तै देखिने वेबसाइट बनाइ युजर आइडी र पासवर्ड चोरी गर्ने ।

यस किसिमका ठगीहरुबाट बच्न देहायबमोजिम सावधानी अपनाउनुपर्दछ ।

» अपरिचित व्यक्तिलाई आफ्नो पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिने । मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्ड तथा पीनहरु बेलाबेलामा परिवर्तन गर्ने ।

» रकम पठाउनु अघि सोही व्यक्तिले रकम माग गरेको हो होइन सोही व्यक्तिलाई आपैmले सोधेर यकिन गरेर मात्र रकम पठाउने ।

» अनावश्यक तथा अनाधिकृत कुनै पनि एप डाउनलोड नगर्ने ।

» कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकिन गरेर मात्र कारोबार गर्ने ।

» बैंक तथा वित्तीय सेवा वा जुनसुकै वित्तीय सेवा प्रदायक संस्थाले यस्ता गोप्य विवरण माग्दैनन् भन्ने सदैव याद राख्ने ।

» आफूले भर्दै नभरेको चिट्ठा परेको, विदेशबाट सामान आएको, विदेशको धन सम्पत्ति अपुताली परेको, छिटो नाफा हुने लगानीको उपाय फेला परेको जस्ता ठगीका योजना प्रति चनाखो हुने र केही इलम नगरी पैसा कमाइने यस्ता ठगी धन्दाको विश्वास नगर्ने ।

» विद्युतीय कारोबार गर्दा आफू ठगिएको शड्ढा लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने वित्तीय सेवा प्रदायकमा एवं नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्ने ।