अमेरिकको केन्द्रीय बैंक फेडरल रिजर्भले व्याजदर बढाएको छ । फेडरल रिजर्भले आधार दर ०.२५ प्रतिशत बिन्दुले बृद्धि गरेको हो । यसअघि अमेरिकामा व्याजदर ०.५ रहेकोमा अब बढेर ०.७५ प्रतिशत पुगेको हो । यो वर्ष फेडरल रिजर्भले व्याजदर बढाएको दोस्रो पटक हो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बसेको पहिलो नीतिगत बैठकपछि अर्थव्यवस्थामा सुधार हुने संकेत दिँदै केन्द्रीय बैंकले व्याजदर बढाएको हो ।
अमेरिकाको लागि यो राम्रो संकेत भएपछि नेपाल लगायत केही मुलुकहरुमा भने यसको नकारात्मक प्रभाव देखिने अनुमान गरिएको छ । फेडरल रिजर्भको यो निर्णयले अमेरिकी डलर बलियो हुने भएकाले त्यसको असर सुन बजार र सेयर बजारमा देखिने छ । यद्यपि, अमेरिकाबाट रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्नेछ ।


