ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गरेको छ । बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले १३ करोड रुपैयाँ चुक्तापुँजी भएको प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो । प्राप्तिसम्बन्धी डीडीए प्रतिवेदनअनुसार, प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता सेयर हुनेले ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता सेयर पाउने गरी सेयर स्वाप अनुपात समेत सर्वसम्मतिले पारित भएको ग्लोबल आईएमईले जनाएको छ । प्राप्ति (एक्विजिसन) सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पौष १५ गते भित्रमा एकीकृत कारोबार गर्ने लक्ष बैंकले लिएको छ । उक्त प्राप्ति पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी छ अर्ब २५ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
बैंकलेसबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्नस्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । ८१ अर्ब निक्षेप र ६९ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १वटा सि.डि.एस.काउण्टर रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतकामुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।