Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ फेवा विकास बैंकको पुँजीवृद्धि योजना

२०७३ मंसिर २९ गते

fewa bikas bank२०.६० प्रतिशत बोनस सेयर वितरणका लागि फेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । उक्त बोनस सेयर बैंकको नवौंं बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ । बोनस वितरणपश्चात फेवाको चुक्तापुँजी एक अर्ब १९ करोड ९९ लाख सत्तरी हजार रुपैयाँ पुग्ने छ । 

पुँजीवृद्धिका लागि फेवा विकास बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो । नेपाल राष्ट्र बैंकबाट सहमती पत्र आइसकेको बैंकले जनाएको छ । 

गण्डकी विकास बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा १३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको गण्डकीले १९.५७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ६४ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

गण्डकी र फेवा दुबैले बोनस सेयर जारी गरेपछि मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा झन्डै ३० करोड रुपैयाँ थप हुनेछ । समग्रमा गण्डकीसँग मर्जरमा गएपछि फेवाको चुक्तापुँजी एक अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी पुर्याउन बैंकले हकप्रद सेयर जारी गर्ने र चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।