सरकारले ठूला जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने योजना बनाएको जनाएको छ । उर्जामन्त्री जनार्दन शर्माले ठूला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि उत्साहित हुनुपर्नेमा जोड दिँदै तमोर र अरुण लगायतका आयोजनामा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न उर्जा मन्त्रालयले योजना बनाइरहेको बताए ।
मोरङ व्यापार सङ्घ र मोरङ उद्योग सङ्गठनद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादनको बढोत्तरीका लागि भन्दै ठूला जलाशययुक्त आयोजनाको निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराए । उनले अगामी पाँच वर्षभित्रै मुलुकले विद्युत् निर्यात गर्न सक्ने समेत बताए । ‘नेपालको पानीमा जनताको लगानी’ नाराका साथ ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने विषयमा जानकारी गराउँदै उनले कर्णाली–चिसापानी आयोजना सुरु गर्ने सोचाइ रहेको बताए । ‘अध्यारोको विरुद्ध उज्यालोको लडाइ’ उद्देश्यका साथ काम सुरु गरिएको मन्त्री शर्माको भनाइ थियो ।