Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कैलाश विकास बैंकले यसरी पुर्याउँदैछ अढाई अर्ब चुक्तापुँजी

२०७३ मंसिर २८ गते

kailash bikas bankकैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशतका दरले बोनस सेयर दिँदैछ । दुई विकास बैंक र एक फाइनान्स कम्पनी गाभिएर बनेको बैंकले बोनस जारी गर्न राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । हाल एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको कैलाश विकास बैंकको बोनस वितरणपश्चात पुँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । 

वोनस सेयरबाट नपुगेको पुँजी थप गर्नका लागि बैंकले २० प्रतिशत अर्थात पाँच बराबर एकको हकप्रद निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । यसका लागि बैंक हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । हकप्रद निष्काशन गरेपछि बैंकको पुँजी दुई अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । 

बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको नाफाबाट बोनस जारी गरेर पुर्याउन सक्छ ।