नेपाल एसबिआई बैंकको ६७ हजार कित्ता एफपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति
नेपाल एसबिआई बैंकले नयाँ साधारण सेयर (एफपिओ) जारी गर्न नोपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ६७ हजार ७ सय ६७ कित्ता कित्ता एफपिओ ९ सय ७१ रुपैंया प्रिमियम मूल्यमा जारी गर्ने अनुमति पाएको हो । संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न बैंकले एफपिओ जारी जारी गर्न लागेको जनाएको छ । एफपिओका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ । तीन अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले २८ प्रतिशत बोनस सेयर पनि वितरण गर्दैछ । बोनस र एफपिओपछि बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड रुपैयाँ नाघ्नेछ ।