Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेयर लगानीकर्तालाई खुशीको खबर : इमर्जिङ नेपालको सहकार्यमा नयाँ रेटिङ कम्पनी संचालनमा आउँदै

२०७३ मंसिर २७ गते

dr-binod-aatreyaरोयल आचार्य – भारतीय रेटिङ एजेन्सी क्रेडिट एनालाइसिस एण्ड रिसर्च (केयर) ३ महिना भित्रमा सञ्चालन हुने भएको छ । भारतीय केयर रेटिङ कम्पनीले नेपालमा सहायक कम्पनी स्थापनाका लागि इमर्जिङ नेपाल र बिशाल ग्रुपसँग सम्झौता गरेको छ । सम्झौतापछि प्रबन्ध पत्र र विनियमावली तयार भइसकेको छ । सकेसम्म चाडो केयर रिटिङ नेपाल लिमिटेड नामक कम्पनी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी सञ्चालनमा आउने इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा.विनोद आत्रेयले वताए । बैकिङ्ग खबरसँग कुरा गर्दै इमर्जिङ नेपालका सीईओ आत्रेयले आधुनिक, विश्वासिलो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने खालको कम्पनी सञ्चालनमा आउन लागेको बताए । नेपालमा नयाँ रेटिङ एजेन्सी स्थापनाको सम्झौतापत्रमा विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी र इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरका थिए ।

ईक्राको एकाधिकार तोडिँदैं
केयर रेटिङ भारतको दोस्रो ठूलो क्रेडिट रेटिङ कम्पनी हो । यो कम्पनीमा त्यहाँको लाइफ इन्सुरेन्स कम्पनी अफ इण्डिया, फ्रान्कलिन टेम्प्लेटन इन्भेष्टमेन्ट फण्ड,  कनरा बैंक,  स्टेट बैंक अफ इण्डिया लगायतको लगानी रहेको छ । हाल नेपालमा एक मात्र रेटिङ कम्पनी छ । केयर रेटिङ नेपाल लिमिटेड सञ्चालन हुने भए पछि नेपालमा रहेको एकमात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालको एकाधिकार तोडिने छ ।  

कसको कति लगानी ?
कम्पनी सञ्चालनका लागी सबै भन्दा बढी ५१ प्रतिशत लगानी भारतीय रेटिङ एजेन्सी क्रेडिट एनालिसिस एण्ड रिसर्च (केयर)को रहने छ । क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा रेटिङ एजेन्सी स्थापनाका लागि बिदेशी रेटिङ कम्पनीले २५ देखी ७५ प्रतिशत सम्म लगानी गर्नुपर्ने व्यवस्था छ । सोहि अनुसार केयरले ५१ प्रतिशत लगानी गरेको हो । कम्पनीमा बिशाल ग्रुपको १९ प्रतिशत लगानी रहनेछ भने इमर्जिङ नेपालको १० प्रतिशत लगानी रहने छ । बाँकी २० प्रतिशत पुनर्विमा कम्पनी, ग्लोवल आइएमई, एल आई सि नेपाल लयातले लगानी गरेका छन् । सम्झौता अनुसार २ करोड रुपैंयाको चुक्ता पूँजीमा केयर रेटिङ नेपाल लिमीटेड स्थापना हुनेछ ।

लगानीकर्तालाई फाइदा
इमर्जिङ नेपालका सीईओ विनोद आत्रेयले नेपालमा नयाँ रेटिङ एजेन्सी संचालनमा आएपछि बैंक तथा वित्तीय संस्थाको सहि मूल्यांकन हुने भएकाले सेयर लगानीकर्तादेखि सर्वसाधरणसम्मलाई सजिलो हुने बताए । ‘यो कम्पनीले बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था अध्ययन गरी त्यसको रेटिङ गर्ने भएकाले त्यो कम्पनीबारे यथेष्ठ जनाकारी लिन सर्वसाधरणदेखि लगानीकर्तासम्मलाई सजिलो पर्नेछ ।’ आत्रेयले भने, ‘अहिलेसम्म एउटामात्रै कम्पनीले यस्तो काम गर्दै आएकोमा अर्को कम्पनी संचालनमा आएपछि बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई थप सहज हुने हामीले अपेक्षा गरेका छौँ ।’