December 12th, 2016

हिमालयन बैंकको हकप्रद भर्ने म्याद ३ दिन मात्र बाँकी

himalayan-bank-copyयतिबेला थुप्रै बैंक तथा वित्तीय संस्थाले हकप्रद निष्काशन गरिरहेका छन् भने केही संस्था हकप्रद निष्काशन गर्ने क्रममा छन् । हाल हकप्रद निष्काशन भइरहेका संस्थाहरुमध्ये हिमालयन बैंक हकप्रद भर्ने म्याद अब ३ दिन मात्रै बाँकी छ । हिमालयन बैंकको हकप्रद भर्ने म्याद आगामी विहीबार (मंसिर ३० गते)सम्म छ । विहीबार बैंकिङ समयभित्र नै तपाईँले हकप्रद सेयरका लागि आवेदन दिइसक्नुपर्ने हुन्छ ।

हिमालयन बैंक लिमिटेडले सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । गत असोज १२ गते हकप्रद निष्कानशको स्विकृति पाएको हिमालयन बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हिमालयन बैंक लिमिटेड, कमलादी, काठमाडौं र शाखा कार्यालयहरु तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमार्फत् उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँनी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार, अबको आठ महिनामा बैंकले दुई अर्ब ८६ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।