
बैंकिङ खबर/ चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले कर्मचारी तलब र सुविधामा २८ अर्ब ६३ करोड ६२ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन्।
यस अवधिमा सबैभन्दा बढी खर्च गर्ने बैंकहरू कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। कुमारी बैंकले २ अर्ब ५ करोड ८३ लाख ९० हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड १३ लाख ३१ हजार रुपैयाँ कर्मचारी तलबमा खर्च गरेका छन्। सबैभन्दा कम खर्च गर्ने बैंकमा भने स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले छ यो महिनाको अवधिमा कर्मचारी तलबमा ५४ करोड ३० लाख २३ हजार खर्च गरेको छ ।
एनआईसि एशिया बैंकः १ अर्ब ९२ करोड ९४ लाख ७३ हजार
प्रभु बैंकः १ अर्ब ८७ करोड ५९ लाख १८ हजार
लक्ष्मी सन्राइज बैंकः १ अर्ब ८७ करोड ५७ लाख १४ हजार
नबिल बैंकः १ अर्ब ८६ करोड ६७ लाख ४२ हजार
ग्लोबल आइएमई बैंकः १ अर्ब ८४ करोड ४४ लाख ९१ हजार
नेपाल बैंकः १ अर्ब ७९ करोड ७३ लाख ४८ हजार
कृषि विकास बैंकः १ अर्ब ७३ करोड ६१ लाख ३२ हजार
हिमालयन बैंकः १ अर्ब ५७ करोड ६७ लाख ४१ हजार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः १ अर्ब ५२ करोड ४ लाख ५९ हजार
सिद्धार्थ बैंकः १ अर्ब ३५ करोड ४६ लाख ७९ हजार
एनएमबि बैंकः १ अर्ब ३२ करोड ७२ लाख ८० हजार
माछापुच्छ्रे बैंकः १ अर्ब १३ करोड ६६ लाख ४४ हजार
एभरेष्ट बैंकः ९१ करोड ८७ लाख ६३ हजार
प्राइम कमर्सियल बैंकः ८५ करोड ९१ लाख
सिटिजन्स बैंकः ८३ करोड ८९ लाख १ हजार
सानिमा बैंकः ८२ करोड ७४ लाख ६६ हजार
नेपाल एसबीआई बैंकः ७३ करोड ७६ लाख ४६ हजार




