Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिनर्जी पावर लिमिटेडको २१ लाख कित्ता आईपिओ आउँदै

२०७३ मंसिर २४ गते

hidroसिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । गत कात्तिकमा आइपीओ निश्कासनका लागि आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट विहिबार अनुमती पाएको हो । 

कम्पनीले यसअघिनै आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

७० करोड चुक्ता पूँजीमध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएको कम्पनीले बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।