Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्ता पुँजी पुर्याउन सिद्धार्थ डेभलपमेण्ट बैंकको रणनीति : हकप्रद र बोनस सेयर, मर्जरलाई प्राथमिकता 

२०७३ मंसिर २४ गते

siddhartha-devसिद्धार्थ डेभलपमेण्ट बैंकले बोनश तथा हकप्रद सेयर वितरण गरी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने भएको छ । बैंकको १७ औं साधारणसभाले सेयरधनीलाई २४ प्रतिशत सेयर लाभांश वितरण गर्ने र ६० प्रतिशत हकप्रद सेयर वितरण गर्ने निर्णय गरेको हो । ६० प्रतिशत हकप्रद सेयर वितरण गरेपछि राष्ट्र बैंकले तोकेअनुसार न्यूनतम चुक्ता पुँजी अढाई अर्ब रुपैयाँ पुग्ने विश्वास गरिएको बैंकका अध्यक्ष रामबहादुर भण्डारीले वताए । 

बोनश सेयर निष्काशनपछि बैंकको चुक्तापूँजी १ अर्ब ७५ करोड ९७ लाखको हाराहारीमा पुग्नेछ । बाँकी अपुग पुँजी थप गर्नका लागि बैंकले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले हुनआउने कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ९७ लाखको ६० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । बोनस सेयर, मर्जर र हकप्रद सेयर पछि बैंकको चुक्तापुँजी २ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । अब भने यो बैंकलाई चुक्ता पुँजी पुर्याउन कुनै कसरत गर्नुपर्ने छैन । 

यद्यपि चुक्ता पुँजी पुर्याउन बैंकले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ । साधरणसभाले आगामी असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन मर्जरलाई प्राथमिकतामा राख्ने निर्णय गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ४१ करोड ९१ लाख ७६ हजार ६ सय रुपैयाँ रहेको छ । पूर्वको विराटनगरदेखि पश्चिम धनगढीसम्म ३३ वटा शाखा रहेको यस बैंकको निष्कृय कर्जा न्यून रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय कुमार मिश्रले जानकारी दिए ।

सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७२/७३ प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत साधारणसभाले सर्वसम्मत पास गरेको समेत जानकारी दिइएको छ । 

यसअघि सो बैंकले एकता विकास बैंक र नेपाल आवास फाइनान्सलाई गाभेको थियो । मर्जरपछि बसेको पहिलो साधारण सभाले चालु आर्थिक वर्षमा बढीमा ८ स्थानमा शाखा विस्तार गर्ने, बैंकले प्रदान गर्दै आइरहेको सूचना प्रविधिलाई आधुनिकीकरण गर्दै लैजाने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरी जोखिम न्यूनिकरणलाई विशेष ध्यान दिँदै आन्तरिक नियन्त्रण प्रणालीलाई अझै चुस्त बनाउने रणनीतिका साथ बैंक अघि बढ्ने छ । 

बैंक तथा वित्तीय संस्थाहरुको नियमक नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने सीमा तोकिदिएको छ ।  

siddhartha-dev-1नयाँ सञ्चाल समिति गठन
सिद्धार्थ डेभलपमेण्ट बैंकको १७ औं साधारणसभामार्फत नयाँ सञ्चालक समिति पनि गठन भएको छ । साधारणसभाले संस्थापक सेयरधनी रामबहादुर भण्डारी नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । संस्थापक सेयरधनीको तर्फबाट रामबहादुर भण्डारीको नेतृत्वमा सदस्यहरु डा. ध्रुब प्रसाद ढकाल, रतनलाल अग्रवाल र डिबि इन्भेष्टमेण्ट प्रालि गरी ४ तथा सर्वसाधरण सेयरधनीका तर्फबाट बद्री खनाल, एनपिसिएम इन्भेष्मेण्ट प्रालि र मिलन कुमार कार्की निर्विरोध चयन भएका हुन् ।