सिद्धार्थ डेभलपमेण्ट बैंकको नाम परिवर्तन नहुने भएको छ । बैंकको १७ औँ वार्षिक साधारण सभाले बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव अस्विकार गरेको हो । साधारणसभामा सञ्चालक समितिका तर्फबाट पेश गरिएको बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव सेयर धनीको बहुमतले विफल भएको हो । सिद्धार्थ बैंकसँग मिल्दो जुल्दो नाम भएका कारण परिवर्तनका लागि प्रस्ताव पेश भएको थियो । सिद्धार्थ डेभलपमेण्ट बैंक सिद्धार्थ बैंकभन्दा पुरानो भएका कारण नाम परिवर्तन गर्न जरुरी नभएको सेयरधनीहरुले बताएका थिए ।
