December 9th, 2016

काठमाडौँको गोठाटारमा प्रभु बैंकको शाखा, डेपुटी गभर्नरले गरे उद्घाटन

dsc_0075प्रभु बैंक लिमिटेडले काठमाडौँको गोठाटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बिच शुक्रबार उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको हो ।

dsc_0079मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।