थानेश्वर पन्थी
करिब दुई दशक अगाडिदेखि मैले नेपालमा बैंक तथा वित्तीय संस्थाबाट आफ्नो व्यक्तिगत कारोवार गर्न सुरु गरेको हुँ । हुन त बैंकिङ क्षेत्रको विकास पुरानो भएपनि शाखा सञ्जालको त्यति प्रयाप्तता तथा बैंकिङ सचेतनाको कमीले गर्दा मेरो बैंक तथा वित्तीय संस्था प्रतिको सम्बन्ध त्यति पुरानो हुन सकेन् ।
आवश्यक वित्तीय काम कारोवारहरु नजिकै सहकारी संस्थाहरु भएको कारणले गर्दा पनि त्यतिदेखि सम्पादन गरियो, तर पछि विस्तारै बैंकसँग मेरो सम्बन्ध बढ्दै गयो । सुरुका केही वर्ष म एक निक्षेप कर्ताको रुपमा बैंकसँग सम्बन्ध बनाइरहे ।
पछि त्यहाँका कर्मचारीहरुसँग नजिकको सम्बन्ध स्थापना हुँदै गयो र त्यहाँका कमैचारीहरुले कर्जा कारोवार गरेर व्यवसाय सुरु गर्न सल्लाह दिनुभयो । मैले पनि मेरो क्षमता अनुसारको कर्जा लिएर व्यावसाय सुरु गर्ने निर्णय गरे । विस्तारै बैंकसँगको सम्बन्ध राम्रो बन्दै गयो र विभिन्न शिर्षकमा कर्जा कारोवार गर्दै गए ।
त्यतिबेलाको नियम अनुसार मैले मेरो व्यवसाय गर्न बढीमा ३०, ३५ प्रतिशत मात्रै लगानी गरे हुने थियो । बाँकी सबै लगानी बैंक आफैले गर्ने गथ्र्यो । सायद आफ्नो धेरै लगानी भएको कारणले गर्दा हो की बैंक तथा कर्जा कारोवार गरेको शाखासँग रामै्र सम्बन्ध भएपनि किस्ता तथा ब्याज असुलीमा अलि कठोर व्यवहार भएजस्तो महसुस हुन्थ्यो । तै पनि अरु सम्पूर्ण व्यवहार राम्रो हुने हुनाले मैले त्यो कुरालाई खासै वास्ता गरिन ।
करिब १०/१२ वर्षसम्मको कर्जा कारोवारमा मैले लगभग कुल कर्जाको १५० प्रतिशत जति ब्याज भक्तानी गरेछु । त्यस्तै ४ पटकसम्म कर्जाको थप माग तथा सोही बराबर नै कर्जा चुक्ता तथा पुर्नमाग । बैंकले यो सबै काममा कुनै झन्झट नमानी निरन्तर सहयोग गरिरह्यो ।
मैले सो कामको निम्ती करिब कुल कर्जाको १५ प्रतिशत जति रकम त विभिन्न प्रशासनिक तथा अन्य शिर्षकमा खर्च गरिसकको छु । तर मेरो व्यवसाय सबै राम्रो हँुदै गएकोले यो सबै खर्चको कुनै प्रवाह गरिन् । मेरो व्यवसाय तथा सम्पूर्ण कारोवार सोचेभन्दा धेरै प्रतिशत वृद्धि भएको थियो ।
समय बित्दै जाँदा एक समय मेरो व्यवसायिक यात्रामा केही असहज परिस्थिति आयो र मैले व्यवसायमा थप लगानी गर्न सकिन । सो समस्या समाधानको निम्ति पुनः बैंकसँग थप लागानी माग गर्नै निर्णय गरे र सोही कारोवार भइरहने शाखामा थप कर्जा माग गर्ने निर्णय गरे । विगतमा करिव चार, पाँच पटक कर्जा थप गरिदिने बैंकले यो समय कर्जा थप गर्न मानेन् ।
यो समय लगभग २०७१/७२ तिरको थियो । करिव दश बाह्र वर्ष कर्जा कारोवार गरेको संस्थाले सानो रकमको कर्जा थप गर्न नमान्दा अत्यान्तै चित्त दुख्यो । त्यतिबेला बैंक तथा वित्तीय संस्थाहरु प्रशस्त संख्यामा उपलब्ध भइसकेका थिए । त्यसैले मलाई नयाँ कर्जा पाउन कुनै कठिनाइ भएन । बरु त्यसको अतिरिक्त मैले सोचे भन्दापनि बढी नै कर्जा प्रदान गरिदियो । नयाँ संस्थाले ब्याजदर पहिलाको बैंकमा भन्दा २ प्रतिशले बढी थियो । तर मैले सोचेभन्दा बढी कर्जा प्रवाह गरिदिएकोले सोही स्वीकृत ऋण देखि नै कर्जाको सावा तथा ब्याज काट्न आग्रह गरे । यसो गर्दा न कहिल्यै बैंकका कर्मचारीले सावा तथा व्याज भुक्तानीको लागि फोन गर्नुभयो । न त कुनै सन्देश । यसो गर्दा यो बैंक अझै सहज भएको महसुस गरे ।
करिब २ वर्षपछि कर्जाको सावा र व्याज भुक्तानीमा अलि कठिन भएकोले पुनः सो कर्जाको सावा तथा व्याज भुक्तानीको लागि कर्जा माग गर्ने निणय गरे । तर थप गर्न यो बैंकले पनि आनाकानी गर्याे । अनि मैले पहिले जस्तै, बैंक परिवर्तन गरी अर्काे बैंक जाने, बरु पुनः २ प्रतिशत व्याज बढी नै भएपनि भुक्तन गर्ने गरी आगामी ३ वर्षको लागि पुग्ने सावा तथा व्याज बराबरको कर्जा माग गर्नै निर्णय गरे ।
तर यो पटक तेस्रो बैंक पनि कर्जा दिन आनकानी ग¥यो । त्यतिबेला मेरो व्यवसाय लगभग सुनसान जस्तै थियो कारोवार पनि घट्दो क्रममा थियो । मरोे सबै यो गुनासो एकजना बैंकमा काम गर्नै शाखा प्रबन्धक समक्ष राखे । उहाँ सम्बन्धले म भन्दा अग्रज हुनुहुन्थ्यो । पेसाले मेरो उमेर भन्दा बढी बैंकिङ अनुभव । उहाँले मलाई व्यवसायको व्याज तथा सावा भुक्तानी गर्र्न बैंकबाट नै ऋण थप गर्नै कार्य नगर्ने सुझाउनुभयो साथै आफ्नो व्यवसायको आकार तथा कारोवार कम भएमा बैंकबाट नै कर्जाको सीमा गर्न सुझाव दिनुभयो ।
अन्ततः मैले बैंक परिवतर्न नगर्ने, बरु आफ्नो कर्जाको सीमा कम गर्ने निणर्य गरे । मेरो बैंकसँगको सम्बन्ध तथा व्यवसायिक जीवनले यो सिकायो कि बैंकको सावा तथा व्याज भुक्तानी गर्न बैंक तथा अन्य वित्तीय सस्थासँग ऋण थप गर्ने कार्य राम्रो बानी होइन ।
जहाँ तपाईको लगानी हुँदैन तपाई व्यवसायमा कम समय प्रदान गर्नुहुन्छ । र यदि तपाई कारोवार गरिरहेको संस्थाले कर्जा थप गर्ने मान्दैन भने तपाई आफैँले एक पटक सोचेर मात्र अर्को संस्थामा जाने निर्णय गर्नुहोस् । एक संस्थाबाट अर्को संस्थामा जाँदा अन्य थुप्रै प्रशासनिक शुल्क लाग्ने गर्दछ ।
जसले गर्दा तपाईको दायित्वको बढ्दै गएको हुन्छ तर तपाईले व्यवसाय विस्तारको स्पष्ट परियोजना पेस गर्दा पनि बंैक तथा वित्तीय संस्था थप कर्जा दिन मान्दैन र तपाई यस्तै बैंकसँगको सम्बन्ध विग्रने वा प्रशासनिक खर्च बढ्ने भन्दै बस्नुहुन्छ भने तपाई हुर्कन लागेको बिरुवा टोकरिले छोप्दै हुनुहुन्छ ।
कुनै व्यक्तिगत स्वार्थ बाहेक अन्य समयमा तपाईको सावा र व्याज भुक्तनी गर्न फोन आउनु ऋण कम गर्ने सयन्त्र हो । यसले तपाई आफैलाई अझ व्यवसायप्रति कर्तव्यनिष्ठ बनाउँछ । यो सबै कुराको निर्णयक हजुर आफै हुनुहुन्छ ।
समय मिल्यो भने एक पटक भेटेर धन्यवाद दिन मन छ, बैंकका ति कर्मचारी जसले चार पाँच पटकसम्म कर्जा माग, थप, पुर्न माग गर्दा स्वीकार गर्ने तर अन्तिम पटक उचित व्यवसायिक योजना नदेख्दा कर्जा थप गर्न मानेन् । तर अन्त्यमा मेरो व्यवसायिक नोक्सानी तथा व्यक्तिगत ऋण कम गर्न सहयोग गरे ।




