Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद र एफपिओ जारी गर्नेलाई धितोपत्र बोर्डले तोक्यो यस्तो मापदण्ड 

२०७३ मंसिर २२ गते

नेपाल धितोपत्र बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न शर्त तथा मापदण्डहरु तोकेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले हकप्रद तथा एफपिओ जारी गर्न मापदण्ड तोकेको हो । 

यस्ता छन् बोर्डले तोकेका मापदण्ड तथा शर्तहरु

  • हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने, 
  • हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, 
  • प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, 
  • नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने, 
  • जारी पूँजी शतप्रतिशत चुक्ता भैसकेको हुनुपर्ने, 
  • प्रचलित कानून अनुसार परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमतिवा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने,
  • परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने, 
  • हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नु पर्ने ।

यो व्यवस्थाबाट प्रत्यक्ष नियमनकारी निकाय नभएका पूँजीबजारमा सूचिकृत संस्थाहरु प्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पँुजीबजारको समयानुकुल विकास तथा विस्तार हुन जाने बोर्डको अपेक्षा रहेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । dhitopatra