Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हवाई भाडा घट्यो

२०७३ मंसिर २१ गते

 

airlines

न्यूनतम ९० देखि अधिकतम ३१० सम्म हवई भाडा घाडा घटाइएको छ । निजी विमान संचालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले भाडा घटाएको हो । सबैभन्दा कम काठमाडौँ–सिमराको हवाइ भाडा ९० रुपैयाँ घटाइ २ हजार पाँच रुपैयाँ कायम भएको छ । 
काठमाडौँ–धनगढीको भाडा तीन सय १० रुपैयाँ घटाएर नयाँ भाडा दर १० हजार १ सय रुपैयाँ कायम गरिएको छ भने काठमाडौँ–मुस्ताङको भाडा तीन सय रुपैयाँले घटाएर आठ हजार पाँच सय २५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी काठमाडौँ– पोखराको भाडा एक सय ३५ रुपैयाँले घटाएर नयाँ भाडा दर चार हजार १० रुपैयाँ कायम गरिएको छ । 
नेपाल आयल निगमले सोमबार रातीबाट लागु हुने गरी हवाई इन्धनको मूल्य प्रति लिटर ८ रुपैँया घटाएपछि एसोसियसनले भाडा घटाएको हो । 
हेर्नुस घटेको दरको भाडा 

 

air-rate