Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार लाखबढी भुकम्पपीडित घरधनीको बैंक खातामा पुग्यो अनुदानको पहिलो किस्ता

२०७३ मंसिर २० गते

money 2 (3)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान वितरण गर्न अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निकासा गरेको छ । मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार, मङ्सिर १९ गतेसम्म पाँच लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । तीमध्ये चारलाख ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैङ्क खातामा जम्मा भइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ‘गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णयअनुसार भूकम्पपीडित जनतालाई तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने गरी कार्यकारी समितिको ३८औँ बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रीपरिषद्समक्ष पेस गर्ने निर्णय भएको छ’ उनले भने ।

चालू आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको एक खर्ब सात अर्ब रुपैयाँ बजेटमध्ये विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रम स्वीकृत गरी चालूतर्फ २९ अर्ब ७८ करोड ८ लाख ९६ हजार रुपैयाँ र पूँजीगततर्फ २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको प्राधिकरणले बताएको छ । रासस