December 2nd, 2016

बोनस पारित गर्न ओमले बोलायो साधारणसभा, चालू आवभित्रै पुँजी पुर्याउन यस्तो छ योजना

omमनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेका ओम डेभलपमेन्ट बैंक लिमिटेडले पुस ८ गते साधारणसभा गर्ने भएको छ । बैंक सञ्चालक समितिको १२९ औँ बैठकले १० औँ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको हो । 

उक्त साधारणसभाले २९.२०५ बोनस सेयर दिने प्रस्ताव पारिद गर्दै छ । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकले गत मंसिर १२ गते नै स्विकृत गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्ष २०७३/७४ भित्रै हकप्रद सेयर र २०७३/७४ को मुनाफाबाट बोनस सेयर जारी जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

बैंकको सेयरधनी पुस्तिका गत असोज २१ गतेदेखि नै बन्द रहेको छ ।