Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन लाख कित्ता सेयर निष्काशन गर्दै खोरङ्गा हाइड्रो, पहिलो चरणमा आयोजना प्रभावितलाई

२०७३ मंसिर १७ गते

hidro-khorangaखोरङ्गा हाइड्रोपावरले सर्वसाधारणका लागि तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

पहिलो चरणमा कम्पनीले पाँचथर, फदिमका आयोजना प्रभावितका लागि ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि दुई लाख ७० कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।