December 1st, 2016

भारतमा नोट प्रतिबन्धको असरः ‘मसानघाट’देखि ‘भगवानको घर’मा समेत उधारो 

भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि भारतमा त्यसको असर मन्दिरदेखि मसानघाटसम्म देखिएको छ । नगद अभावको असर हरिद्धारको धार्मिक पर्यटनमा सिधा देखिएको छ र घुम्नका लागि हरिद्धारा पुग्ने मानिसहरुको संख्या निकै घटिरहेको छ । गंगा आरतीजस्ता आयोजनामा यसको पूर्ण असर देख्न सकिन्छ । 

note-01

यद्यपी जो श्राद्ध वा अन्तिम संस्कारजस्ता धार्मिक कार्य गर्दैछन् उनीहरुसँग भने कुनै विकल्प नै छैन । हरिद्धारका तीर्थमा पुरोहित समाजले नगदको कमी देखेर धेरै पुराण आफ्ना यजमानसँग उधारैमा सम्पन्न गर्न सुरु गरेको छ । 
अखिल भारतीय युवा तीर्थ पुरोहित महासभाका अध्यक्ष उज्जवल पण्डित भन्छन्– ‘अस्थि विसर्जन र श्राद्धजस्ता कार्यका लागि हरिद्धारा आउनेलाई पुराण र यज्ञजस्ता काम धार्मिक अनुष्ठान तीर्थ पुरोहितले अहिले उधारैमा गरिरहेको छ । ती मानिसहरुले पुरोहितहरुलाई पछि पैसा दिन सक्नेछन् ।’

note-02

उज्जवलका अनुसार यो सुविधा तीनै मानिसहरुका लागि मात्रै हो जसको पारिवारिक चिनजान सम्बन्धित तीर्थ पुरोहितसँग रहेको छ । 
तर केही मानिसहरु यस्ता पनि थिए, जोसँग नयाँ नोट त छ तर दुई हजारको ।

note-03

राजस्थानको बीमानेरबाट हरिद्धारा आएका सुमित मोदी यस्तै समस्याको सामना गरिरहेका थिए, तर हरिद्धारका पण्डितको खातामा उनले पैसा ट्रान्सफर गर्ने बताएपछि विश्वास गरेर उधारैमा पुजा सम्पन्न गरिदिए । (बीबीसी हिन्दीबाट)