December 1st, 2016

अर्बपतिका नातिले पैसाका लागि आफ्नै अपहरणको नाटक रचेपछि…

मान्छेले पैसाको लागि कतिसम्म नाटक गर्छन् भन्ने कुरा बेला–बेलामा हुने विभिन्न घट्नाहरुले देखाउँछन् । यो खबरमा एकजना अर्बपति हजुरबुवाका नातिले १०,००० डलरका लागि आफ्ना परिवारसँग यस्तो नाटक गरिदिए, जुन नाटकले उनको परिवारमा 'टर्चर' त पर्यो नै उनी रहेको देशको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाइदियो ।  

fet


फिएट कम्पनीका संस्थापकका नातिमाथी आफ्नै अपहरणको नाटक रचेर पैसा असुलेको आरोप लागेको हो । एक अमेरिकी अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी एपीले जनाएका अनुसार लैको इलकानले आफ्नो परिवारलाई न्यूयोर्कबाट फोन गरी आफु अपहरणमा परेको र अपहरणकारीले १०,००० अमेरिकी डलर फिरौती मागेको बताएका थिए ।  
तर अनुसन्धानकर्ताहरुले भने इलकानसँग भएको पैसा सकिएकाले उनले यस्तो नाटक गरेको दाबी गरेका छन् । लैको इलकानलाई अब जनवरीमा अदालतमा पेश गरिनेछ । उनी गतहप्तामात्रै अमेरिका पुगेका थिए । 

fet-02

इलकान जियोवान्नी एंगनेल्लीका नाति हुन् जसले इटलीको टूरिनमा सन् १८९९ मा फिएट (फेब्रिका इटैलियाना अटोमोबिली टोरिनो) कम्पनीको स्थापना गरेका थिए । एंगनेल्ली परिवार केवल फिएटको मात्रै होइन टूरिनबाट प्रकाशित हुने अखबार ला स्टाम्पा र फुटबल क्लब जुवेन्टसका समेत मालिक हुन् ।