प्रभु बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी पुस ८ गते साधारणसभा बोलाएको छ । हाल सेयर कारोबार बन्द रहेको बैंकले कारोबार हुँदासम्मको मितिलाई आधार मानेर साधारणसभा बोलाएको हो ।
हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ । १० बराबर चारको अनुपातमा हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड रुपैयाँ नाघ्नेछ ।
साधारणसभाले सञ्चालक समितिको निर्वाचनसमेत गर्ने छ । संस्थापक सेयरधनीबाट चार र साधारणबाट दुई जना सञ्चालकका लागि निर्वाचित हुने छन् ।


