Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

बंगलादेश केन्द्रीय बैंकका चार डेपुटी गभर्नरले दिए राजीनामा

२०८१ श्रावण २३ गते

बैंकिङ खबर/बंगलादेशका केन्द्रीय बैंकका डेपुटी गभर्नरले राजीनामा दिएका छन् । आक्रोशित आन्दोलनकारीहरूको दबाबमा बंगलादेश बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजीनामा बुझाएका हुन् । आक्रोशित प्रदर्शनकारीको मागपछि केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले राजीनामा दिएका छन् । कार्यालयमा रहेकाले यसअघि नै छाडेका छन् ।

आन्दोलनमा सयौं पदाधिकारी तथा कर्मचारी सहभागी भएका थिए । बैंकिङ्ग क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको उनीहरुको दाबी छ ।