ओम डेभलपमेन्ट बैंकको बोनस पारित : यसरी पुग्दैछ अढाई अर्ब पुँजी

omओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको २९.२०% बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । उक्त बोनस सेयर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।

यसबाहेक, बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्ष २०७३/७४ भित्रै हकप्रद सेयर र २०७३/७४ को मुनाफाबाट बोनस सेयर जारी जारी गरी चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।