November 26th, 2016

यी हुन् उपत्यकामा तीन जिल्लाका भूकम्पपीडितलाई अनुदान दिने बैंक 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपत्यका तीन Bhukampa-punarnirmanजिल्लाका नगरपालिका र गाविसका भूकम्पपीडितलाई आवास निर्माणका लागि अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको छ । काठमाडौँ महानगरपालिकाबाहेक नगरपालिका, ललितपुर र भक्तपुर जिल्लाका भूकम्पपीडितलाई अनुदान वितरणका लागि प्राधिकरणले बैंकहरु टुंगो लगाएको हो । सम्बन्धित जिल्ला विकास समितिबाट आएको सिफारिसका आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकको टुंगो लगाएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकबारे थप परामर्श गरेर टुंगो लगाइने प्राधिरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो । अहिलेका लागि काठमाडौँ जिल्लाका नगरपालिकामा प्रभु, सिभिल, यति डेभलपमेन्ट, कैलाश विकास, महालक्ष्मी फाइनान्सियल, एनआइसी एसिया बैंकबाट अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

त्यस्तै ललितपुरका लागि प्रभु, लक्ष्मी, सिभिल, मेगा, सगरमाथा फाइनान्स, एनएमबी, इन्फस्ट्रक्चर, नेपाल बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंक तोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भक्तपुरका लागि नेपाल इन्भेष्टमेन्ट, सेन्चुरी, लक्ष्मी, यति डेभलपमेन्ट बैंकका शाखाबाट अनुदान रकम वितरणका लागि सहमति भएको छ ।