July 23rd, 2024

भारतीय अर्थमन्त्रीद्वारा लगातार सातौँ पटक बजेट प्रस्तुत गरेर कीर्तिमान

बैंकिङ खबर/भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो देशमा लगातार सातौँ पटक पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको कीर्तिमान बनाएकी छन्।

उनले मंगलबार बजेट प्रस्तुत गरेसँगै भारतमा लगातार सातौँपटक बजेट भाषण गर्ने भारतीय अर्थमन्त्रीको रेकर्ड बनाएकी हुन्। आज भारतीय संसद्मा प्रस्तुत बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो।

यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो, जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए।