चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ‘क’ वर्गका बैंकहरुको नाफामा उल्लेख्य प्रगति देखिएको छ । सम्बन्धित बैंकहरुले सार्वजनिक गरेका आर्थिक वर्ष २०७३/७४ को पहिलो तीन महिनाको अपरिष्कृत विवरणअनुसार वाणिज्य बैंकहरूको औसत नाफा ४६ दशमलव ९७ प्रतिशत बढेको देखिएको हो ।
झन्डै एक वर्षयता बैंकहरूले प्राप्त गर्ने निक्षेपको तुलनामा कर्जाको विस्तार झन्डै दोब्बर अनुपातमा बढेपछि केही महिनायता वित्तीय प्रणालीमा तरलता संकटको अवस्था देखिएको छ । यसले बैंकहरू निक्षेप र कर्जा दुवैको ब्याजदर बढाउन थालेका छन् । बैंकहरूको ब्याज आम्दानी बढाउन सहयोग गरेकाले बितेको तीन महिनामा धेरै बैंकहरूले उच्च दरमा नाफा बढाएका छन् । यसबाहेक राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेर अल्पकालीन ब्याजदरलाई शून्य स्तरबाट उचालेपछि बैंकहरूको नाफामा प्रभाव परेको केन्द्रीय बैंकका अधिकारीहरूको भनाई छ । २८ वणिज्य बैंकमध्ये १९ बैंकले निकै राम्रो नाफा कमाएको देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुन बैंकले कति नाफा कमाए ?(सूचीसहित)



