Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

२०८१ असार ३१ गते

बैंकिङ खबर/ चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस) को तथ्यांकले देखाएको छ ।

चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्यांकले देखाएको छ ।

एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ । समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेकोजनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ ।