Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारत र चीनमा शाखा विस्तार गर्दै राष्ट्रिय वाणिज्य बैंक

२०७३ मंसिर ८ गते

rbbराष्ट्रिय वाणिज्य बैंकले विदेशमा बैंकिङ शाखा विस्तार गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा कर्पोरेट शाखा उद्घाटन तथा स्वर्ण जयन्ती स्मारकको अनावरण कार्यक्रममा बैंकका अध्यक्ष डा. रबिन्द्र प्रसाद पाण्डेले बैंकले भारतको नयाँ दिल्लीमा शाखा खोल्ने निर्णय गरेको जानकारी गराएका छन् । साथै, चिनमा समेत शाखा विस्तार गर्ने सोच रहेको उनले बताए । बैंकले सहायक कम्पनीका रुपमा लघुवित्त संस्था र आरबिबि मर्चेन्ट बैंक संचालनको प्रक्रिया अगाडि बढाएको समेत पाण्डेले जानकारी दिए ।