Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

नेपालमा तहगत बैंकिङ प्रणाली : आवश्यकता र महत्व

२०८१ असार १७ गते

बैंकिङ खबर/ बैंकिङ क्षेत्रको विकास विस्तार प्रवद्र्धन, स्थायित्व, प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि, बैंकिङ प्रणालीको सवलीकरणको लागि नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइएको हो । मुलतः नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइनुका कारण,यसको आवश्यकता औचित्यता तथा महत्वलाई निम्न बमोजिम बुँदागत रूपमा उल्लेख गर्न सकिन्छः-

बैकिङ प्रणालीलाई एउटै ऐनको छत्र छायांमा राख्न सोही बमोजिम नियमन निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन,

नेपाल राष्ट्र बैंकले गर्ने नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन,

बैंक तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धि क्षमता अभिवृद्धि गर्न,

वित्तीय सबलीकरण तथा वित्तीय शुद्धीकरणको आधार निर्माण गर्न,

वित्तीय पहुँच वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशीकरण वृद्धि गर्न,

बैंक तथा वित्तीय संस्थाहरूलाई स्वच्छ प्रतिस्पर्धा गराई मुलुकको आर्थिक समृद्धि र विकासमा सहयोग पुयाउन,

वित्तीय स्थायित्व कायम गरि वित्तीय सुशासन कायम गर्न,

बैकिङ प्रणालीको विकास प्रवर्द्धन र सशक्तीकरण गर्न,

बैंक तथा वित्तीय संस्थाहरूको स्थापना संचालन तथा व्यवस्थापनलाई वैज्ञानिक व्यवस्थित रणनीतिक प्रभावकारी बनाउन,

बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन गर्न

आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन

चुक्तापूँजीको वैज्ञानिक जांच गर्न आर्थिक विकासमा सहयोग पुयाउने गरी छुट्याउने आधार तय गर्न,

विभिन्न ऐन नीति नियम तथा नियामक निकायले तर्जुमा गरेका निर्देशनहरूको सफलता पुर्वक कार्यान्वयन गर्न आदि।