November 22nd, 2016

लघुवित्तहरुले अब बैंक लेख्न नपाउने

microfinanceनेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त लघुवित्त संस्थाहरुले अब बैंक लेख्न नपाउने भएका छन् । संसदको अर्थ समितिबाट पारित भएको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (वाफिया)मा यस्तो व्यवस्था गरिएको हो । ऐनअनुसार, अब लघुवित्त संस्थाहरुले वित्तीय संस्था मात्रै लेख्न पाउनेछन् । केपी ओली प्रधानमन्त्री हुँदा प्रस्तुत भएको बाफिया विधेयकमा यो विषय विवादमा परेकोमा सोमबार बसेको अर्थसमितिको बैठकले यस विषयलाई टुंगो लगाएको हो ।