Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘भारतबाट वर्षेनि भित्रिन्छ ७० अर्ब रेमिट्यान्स, ३० अर्ब बैंकिङ च्यानल बाहिरबाट’

२०७३ मंसिर ७ गते

narabahadur thapaभारतबाट बर्षेनी ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको छलफलमा बोल्दै राष्ट्र बैंकको अनुसन्धान बिभागका कार्यकारी निर्देशक नरबहादुर थापाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, भारतबाट भित्रिने कुल रेमिट्यान्समध्ये, ३० अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिरबाट र ४० अर्ब बैंकिङ च्यानलबाट भित्रिने गरेको छ ।

छलफलमा थापाले भारतसँग दुई तिहाइभन्दा बढी ब्यापार समेत अनौपचारिक रुपमा हुने गरेको जानकारी दिए । राष्ट्र बैंकले हालै गरेको बाह्य ब्यापारको भुक्तानी प्रविधि सम्बन्धि अध्ययनले भारतबाट आयात हुने वस्तुमध्ये २९ प्रतिशत मात्र बैंकिङ च्यानलबाट प्रतितपत्र खोलेर आउने र बाँकी ७१ प्रतिशत अनौपचारिक माध्यमबाट आउने देखाएको उनले बताए । त्यस्तै, भारत बाहेक तेस्रो मुलुकबाट आउने बस्तु भने ७४ प्रतिशत प्रतितपत्र खोलेर आउने गरेको उनले बताए । नेपालको कुल आयातमा भने ५१ प्रतिशत प्रतितपत्र मार्फत आउने उनले जानकारी दिए । 

भारत सरकारले ५०० र १००० दरका भारु नोट प्रतिबन्ध लगाएपछि नेपालमा पर्ने प्रभावबारे महासंघले छलफल आयोजना गरेको थियो ।